काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई संकटबाट निकास दिन प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गर्नुपरेको जिकिर गरेका छन् ।
उनले ताजा जनादेश लिएर मुलुकलाई सही निकास दिन घोषणा गरिएको निर्वाचन प्रतिगामी नभई अग्रगामी कदम भएको धारणा राखे ।
‘मुलुकलाई संकटबाट निकास दिन ताजा जनादेश लिनका लागि प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गरिएको हो,’ बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले भने, ‘जनताको ताजा जनादेश लिएर मुलुकलाई निकास दिन सम्माननीय प्रधानमन्त्रीज्यूले चाल्नुभएको यस कदम प्रतिगामी नभई अग्रगामी हो ।’
ताजा जनादेशमा जाने सरकारको निर्णय सही भए/नभएको छुुट्ट्याउने काम जनताले निर्वाचनबाटै गर्ने उनको भनाइ थियो । सरकारका प्रवक्ता गुरुङले लोकतान्त्रिक गणतन्त्रमा ताजा जनादेशमा जाने कुरा असंवैधानिक, प्रतिगामी हुनै नसक्ने तर्क गरे ।
प्रतिक्रिया