+
Search

ताजा अपडेट +

पपुलर +

यसरी प्राप्त हुँदैछ कांग्रेस सभापति देउवालाई दुबै हातमा लड्डु!

4KNationalDaily
२०७७ माघ २, शुक्रबार ०७:४८ बजे

काठमाडौं- नेकपाका दुवै समूहले सत्ता साझेदारीसहित सहकार्यको ‘अफर’ गरे पनि तत्काललाई कांग्रेस तटस्थ बस्ने भएको छ।

कांग्रेसले सहकार्यका लागि पहिला नेकपा विभाजनको आधिकारिता खोजेको खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाश धौलाकोटीले लेखेका छन्।

संसद् विघटनसँगै प्राविधिक रूपमा विभाजित नेकपाको वैधानिकताको कानुनी लडाइँ निर्वाचन आयोग पुगेको छ । नेकपाको ओली र प्रचण्ड–नेपाल दुवै समूहले सहकार्यको प्रस्ताव ल्याए पनि कांग्रेस सभापति शेरबहादुर देउवा भने फुटको आधिकारिकता नभइन्जेल औपचारिक रूपमा कसैसँग पनि सहकार्यको निर्णय नलिने तयारीमा छन्। संसद् विघटनपछि प्रचण्ड–नेपाल समूहले सडकसंघर्षमा सहकार्यको प्रस्ताव गरे पनि कांग्रेसले एकल आन्दोलन गरेको छ।

संसद् विघटनपछि सम्भावित समीकरणलाई लिएर नेकपाको प्रचण्ड–नेपाल समूहसँग देउवाले बुधबार पहिलो भेटवार्ता गरे । छलफलमा प्रचण्ड–नेपाल समूहले संसद् विघटनविरुद्ध संयुक्त संघर्षदेखि देउवा नै प्रधानमन्त्री बन्ने गरी सत्ता–सहकार्यसम्मको प्रस्ताव गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily