+
Search

ताजा अपडेट +

पपुलर +

आजदेखि इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बिक्री खुला, कति कित्ता शेयरमा दिने आवेदन ?

4KNationalDaily
२०७७ माघ २, शुक्रबार ०८:०० बजे

काठमाडाैं- नेपाल इन्फ्रास्ट्रक्चर बैंकले हालसम्मको सबै भन्दा ठूलो प्राथमिक शेयर (आईपीओ) आजदेखि बिक्री खुला गरेको छ ।

नेपालको इतिहासमा पहिलो पटक यति धेरै संख्यामा नेपाली धितोपत्र बजारमा आएको हो । २ माघदेखि इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँको आईपीओ बिक्री खुला गरेको छ ।

इन्फ्रास्ट्रक्चर बैंकले जारी पूँजी २० अर्ब रुपैयाँ पुरयाउन लागेको छ । जसमध्ये ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशन गरेको छ ।

त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्टाइएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।

आईपीओको आवेदन दिन ६ माघसम्मलाई तोकिएको छ । त्यस अवधिभित्र पूर्ण आवेदन नपरे माघ १६ गतेसम्म निष्काशन अवधि थपिनेछ भएको छ। बैंकको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिने छ ।

पछिल्लो समय खुलेको चन्द्रागिरीको आइपीओमा लगभग १२ लाखले आवेदन दिएका थिए । यसमा पनि करिव १५ लाखले आवेदन दिने अनुमान गरिएको छ । तर आवेदन दिने सवैले शेयर पाउने भने निश्चित छ । पछिल्लो दुई महिनामा करिव ४ लाखले नयाँ डिम्याट खाता खोलेका छन् ।

सबै आबेदकलाई समानुपातिक रुपले वितरण गर्दा पनि न्युनतम ५० कित्ता शेयर पर्ने देखिन्छ । सबै आबेदकले ५० कित्ताको लागि आबेदन नदिए न्युनतम ५० देखि ७० कित्ता सम्मको पर्न सक्ने आँकलन गरिएको छ ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँटपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily