+
Search

ताजा अपडेट +

पपुलर +

आजदेखि प्रधानमन्त्री कप, पहिलो खेलमा आर्मी र गण्डकी खेल्दै

4KNationalDaily
२०७७ माघ २, शुक्रबार ०९:१० बजे

काठमाडौं- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आज (शुक्रबार) बाट सुरु हुँदैछ। त्रिवि क्रिकेट मैदानमा उद्घाटन खेलमा विभागीय क्लब त्रिभुवन आर्मीले गण्डकी प्रदेशसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ।

आर्मी र गण्डकी प्रदेशबीचको खेल बिहान ९ बजेदेखि सुरु हुनेछ।

समूह ‘ए’ मा आर्मीसँगै अर्को विभागीय टिम एपिएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश छन्। त्यस्तै, समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश २ रहेका छन्।

माघ ३ गते एपिएफले प्रदेश १ सँग त्रिवि मैदानमै प्रतिस्पर्धा गर्नेछ। माघ ४ गते भने दुई खेल हुनेछन्।

त्रिवि क्रिकेट मैदानमा पुलिसले बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्दा मूलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशले आर्मीसँग खेल्नेछ। तर मूलपानी क्रिकेट मैदानको अवस्था भने निकै नाजुक छ।

समूह चरणको खेल १२ गते सकिनेछ भने १४ गते पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग त्रिवि क्रिकेट मैदानमा खेल्नेछ।

त्यस्तै, त्रिवि क्रिकेट मैदानमै १५ गते दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेताले समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ। फाइनल खेल माघ १७ गते त्रिवि क्रिकेट मैदानमा हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily