+
Search

ताजा अपडेट +

पपुलर +

माछाखोलामा ५ शैय्याकाे आधारभूत अस्पताल शिलन्यास

4KNationalDaily
२०७७ माघ २, शुक्रबार ०९:१८ बजे

गाेरखा- धार्चे गाउँपालिकामा आधारभूत अस्पतालको शिलन्यास भएकाे छ ।

संघीय सरकारको कार्यक्रम अन्तर्गत गाउँपालिकाले वडा नम्बर ५ स्थित माछाखोलामा अस्पताल निर्माणका लागि भवन शिलन्यास गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए ।

भवन निर्माणका लागि चालु आर्थिक बर्षका लागि सँघीय सरकारबाट ७० लाख रुपैया बजेट प्राप्त भएको बताए ।

‘अस्पताल भवन शिलन्यास भयो अब निर्माणको काम तिव्र गतिमा अघि बढ्छ, उनले भने, ‘निर्धारित समयमा काम सम्पन्न गर्ने योजनामा गाउँपालिका रहेको छ ।’ भवनको गाउँपालिका अध्यक्ष गुरुङले एक कार्यक्रमका वीच शिलान्यास गरेका हुन ।

माछाखोलमा रहेको हेल्थपोष्टलाई स्तरोन्नती गरेर ५ बेड क्षमताको आधारभूत अस्पताल निर्माण गर्न लागिएको हाे।

भवन निर्माणका लागि स्वास्थ्य मन्त्रालयबाट रकम प्राप्त भएको र संघिय सरकारले पठाएको स्टमेटका आधारमा भवन निर्माण हुने हाे ।

जिल्लाको अजिरकोट, चुमनुब्री, भीमसेन थापा, आरुघाट, शहिदलखन, सिरानचोक र बारपाक सुलिकोट गाउँपालिकामा बन्ने अस्पतालकाे यसअघि नै शिलान्यास भइसकेकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily