+
Search

ताजा अपडेट +

पपुलर +

माधव–प्रचण्ड समूहको बैठक : ओलीलाई गर्‍यो बर्खास्त, विष्णु पौडेलको जिम्मेवारी खोसियो

4KNationalDaily
२०७७ माघ २, शुक्रबार १८:२२ बजे

काठमाडौं- नेकपा माधव–प्रचण्ड समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको साधारण सदस्यता समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ।

पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले महासचिव पदबाट विष्णुप्रसाद पौडेललाई हटाउने निर्णय गरेको छ ।

बैठकले पार्टी अनुशासन विपरीत काम गर्न नछोडेकाले किन साधारण सदस्यबाट समेत किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । संसद् विघटनपछि प्रचण्ड–माधव समूहले अध्यक्षबाट ओलीलाई अध्यक्ष पदबाट पुस ७ मै हटाएको थियो ।

यद्यपि उनी केन्द्रिय सदस्य कायम थिए । तर, ओलीलाई साधारण सदस्यबाट समेत किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

बैठकले माघ १६ गते बृहत जनप्रदर्शन गर्ने निर्णय गरेको छ । शहीद दिवसको अवसर पारेर जनप्रदर्शन गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए ।

बैठकले प्रदेश–१ को अध्यक्षको जिम्मेवारी घनेन्द्र बस्नेतलाई दिएको छ । यस्तै, प्रदेश सहइन्चार्जको जिम्मेवारी जयन्ती राई, राजेन्द्र राई, पदम राई, पेशल खतिवडा र जगनाथ खतिवडालाई दिने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily