+
Search

ताजा अपडेट +

पपुलर +

खरिबोटको तालबगरमा ८.८ मेगावाट क्षमताको जलविद्युत आयोजना बन्दै

4KNationalDaily
२०७७ माघ ३, शनिबार ११:१८ बजे

गोरखा– गोरखा र लम्जुङको सिमाना हुदैं बग्ने चेपेखोलामा विभिन्न ४ जलविद्युत आयोजना बन्ने भएको छ । गोरखा तर्फ तिन र लम्जुङतर्फ एर्कगरि चारवटा जलविद्युत निर्माण हुने भएको हो ।

अजिरकोट गाउँपालिकाको वडा न २ खरिबोटमा दुई आयोजना निमार्णको प्रकृयामा रहेको छ भने सिरानचोक गाउँपालिकाको थालाजुङमा समेत निर्माण कार्य अघि बढेको आयोजनाले जनाएको छ । लम्जुङतर्फ भने दुधपोखरी गाउँपालिकामा निमार्ण भईरहेको छ ।

तालबगरमा ८.८ मेगावाट क्षमताको जलविद्युत

खरिबोटको साविक वडा न ३ अन्र्तगत पर्ने तालबगरमा दुधपोखरी चेपे हाईडोपावर प्रा.लिले ८.८ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने भएको हो । आयोजनाको बाँध कालोपातलको फेदिमा रहने आयोजनाले कुनैपनि मावनवस्तीलाई प्रभावित पादैन् । तर, यो आयोजनाले करिब १ हजार रोपनीभन्दा बढि वन विनाश भने गर्छ ।

यो आयोजना निर्माणमा लागि आयोजनाको हेर्डबक्स अजिरकोट गाउँपालिको कालोपातलमा निर्माण गरी सोहि गाउँपालिकाको तालबगरमा पावरहाउस निर्माणका लागि कम्पनिले प्रस्ताव तयार पारेको प्रा.लिले जनाएको छ ।

आयोजनाको लागत १ अर्ब ७० करोड

आयोजनाको लागत १ अर्ब ७० करोड रुपैयाँ अनुमान गरिएको छ । ३० प्रतिशत स्वपुँजी रहनेछ भने ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने योजना रहेको आयोाजनाले जनाएको छ ।

आयोजना तिनवर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । जलविद्युत् गोरखाको सीमाना अजिरकोट गाउँपालिकामा बन्नेछ । उत्पादित विद्युत् वर्षायामका ६ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र हिउँदका ६ महिना ४ रुपैयाँ ८० पैसामा प्राधिकरणले खरिद गर्ने सम्झौता भएको हो ।

तिन वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको आयोजनाबाट वार्षिक ५६.४१९ गिगावाट विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको १३२ केभी दोर्दी कोरिडोर हुँदै कीर्तिपुर सबस्टेसनमा जोडिनेछ ।

चेपेखोलामा ८.६३ मेगावाट क्षमताकाे जलबिद्युत आयोजना बन्ने

एक अर्ब ३० करोड लगानीमा ७ मेगावाटको चेपे ‘ए’ जलविद्युत आयोजना बन्दै

‘सुपर चेपे’ हाइड्रोका नाममा जनता लुट्दै ‘रिजन कम्पनी’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily