काठमाडाैं- नेकपाका (ओली समूह)का स्थायी समिति सदस्य सुवास नेम्बाङले केपी ओलीलाई अस्वीकार गर्नुको कारण अहिले देशले खोजिरहेको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित नेकपा ओली समूहको प्रदेश १ भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीको नेतृत्वमा देश स्थीरता र समृद्धिको दिशामा अघि बढिरहेका बेला त्यसलाई अस्वीकार गरेर राम्रो काम नगरिएको नेम्बाङको भनाइ छ ।
उनले महाधिवेशनमा ओलीसँगै पराजित भएका माधव नेपालले ओलीलाई हटाएर आफैँ बनेको कुरामा कटाक्ष गरेका छन् । उनले व्यंग्यपूर्वक आफूले उनको नाम पनि भुलेको बताएका छन् ।
‘केपीलाई कारबाही गरेका को अध्यक्ष हुनु भो रे ? नाम बिर्सेँ मैले’ उनले भने–हाम्रै अध्यक्ष केपी ओलीसँग केही समयअघि हार्नु भएको थियो । अहिले उहाँलाई निकालेर आफैँ अध्यक्ष हुनुभएछ । कस्तो सजिलो कुरा ?’
उनले घुमाउरो भाषामा प्रधानमन्त्री केपी ओलीलाई काम गर्न नदिएकाले बाध्यात्मक अवस्थतामा प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।
सम्बोधनमा ओलीको निकै गुणगान गाएका नेम्बाङले प्रतिनिधिसभा विघटनको कदम बेठिक हो भन्ने बारेमा कुनै कुरा गरेनन् ।
प्रतिक्रिया