+
Search

ताजा अपडेट +

पपुलर +

संविधानले मध्यावधि निर्वाचनको परिकल्पना र प्रबन्ध गरेको छ : अर्थमन्त्री पौडेल

4KNationalDaily
२०७७ माघ ३, शनिबार १५:१६ बजे

काठमाडौं- अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपालको संविधानले मध्यावधि निर्वाचनको परिकल्पना र प्रबन्ध गरेको बताएका छन्।

शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री पौडेलले मुलुक प्रतिनिधि सभाको निर्वाचनमा जाने विश्वास व्यक्त गर्दै उक्त कुरा बताएका हुन्।

प्रतिनिधि सभा विघटनको विषय सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन भएकाले सर्वोच्चको फैसलालाई सहर्ष स्वीकार गर्ने पनि मन्त्री पौडेलले बताए।

अन्तिम निर्णयकर्ता जनता हुने भएकाले सरकारले जनताको निर्णय सुन्न निर्वाचनमा जाने निर्णय गरेको उनको दाबी छ।

‘आगामी निर्वाचनले अनुशासित, मर्यादित तथा जनताप्रति उत्तरदायी प्रतिनिधि सभाको निर्माण गर्छ। निर्वाचनले मुलुकलाई राजनीतिक स्थायित्व दिन्छ,’ उनले भने।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily