+
Search

ताजा अपडेट +

पपुलर +

परराष्ट्रमन्त्री ज्ञवालीले निकै प्रयास गर्दा पनि मोदीले भेटका लागि समय नदिनुको कारण के हो?

4KNationalDaily
२०७७ माघ ४, आईतवार ०९:०४ बजे

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको तीनदिने भारत भ्रमण औपचारिकतामै टुंगिएको छ ।

शुक्रबार सम्पन्न नेपाल–भारत संयुक्त आयोगको बैठक दुई देशका नियमित एजेन्डामा मात्रै केन्द्रित भयो, बैठकमा भारतीय पक्षबाट बहुचर्चित कालापानी–लिम्पियाधुरा सीमा विवादमा उपयुक्त संयन्त्रमा छलफल गर्दै जाने पुरानै प्रतिबद्धता मात्रै दोहोरियो।

उच्च राजनीतिक तहमा हुने भनिएको परराष्ट्रमन्त्री ज्ञवालीको भेटवार्ता पनि रक्षामन्त्री राजनाथ सिंहसँगको शिष्टाचार वार्तामा सीमित भएकाे यो खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन्।

मोदीले किन भेटेनन् परराष्ट्रमन्त्री ज्ञवालीलाई?

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा संसद् विघटन गर्दा भारतको साथ रहेको टीकाटिप्पणी भएको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि जानकार छन् । यस्तो अवस्थामा नेकपाको एउटा पक्षलाई भेट्दा नेपालमा राम्रो सन्देश नजाने भएकाले मोदीले परराष्ट्रमन्त्री ज्ञवालीलाई भेट्न रुचि नदेखाएको दिल्लीस्थित कूटनीतिक स्रोतको भनाइ छ।

‘नेपालभित्र संसद् विघटनविरुद्ध बढेको आवाजविपरीत जान भारतलाई सजिलो छैन,’ भारतको नेपाल नीतिबारे जानकार एक कूटनीतिज्ञले दिल्लीबाट भने, ‘विभाजित नेकपाको एउटा पक्षसँग भेट गर्ने, अर्को पक्षलाई वास्ता नगर्ने राम्रो हुँदैन । विभाजित नेकपाको एउटा पक्षसँग भेटेर त्यो पक्ष (ओली)को सन्देश मात्रै सुन्न मोदी तयार नभएका कारण परराष्ट्रमन्त्री ज्ञवालीले भेटका लागि समय नपाएका हुन् भन्ने लाग्छ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily