गाेरखा- गोरखाली गायक उदय भट्टराईको ‘किन लाउछ माया’ सार्वजनिक भएकाे छ ।
बिगतमा लोक दोहोरी प्रतिष्ठान उपत्यका समन्वय समितिमा काम गरेका भट्टराई हाल अमेरिका छन् । उनले अमेरिकाबाटै साे गित सार्वजनिक गरेका हुन् ।
जिल्लाकाे गाेरखा नगरपालिका वडा न १ ताप्लेका भट्टराईलाई याे क्षेत्रमा चिरपरिचित अनुहारले बाग्लुङ तथा स्याङजाका भनेर चिन्छन् तर उनी गाेरखाली हुन् ।
‘धागो राम्रो घुम्ने चर्खाको, कति मिठो बोलि, पाइलै पिच्छे जरो खन्छ्यौ रे, यो बैंशमा रुन पर्याछ, धोकै दिएयौ नि लगाएतका गीतहरुबाट चर्चाको शिखर चुमेका लोकप्रिय सर्जक भट्टराईको निकै समयको अन्तरालपछी ‘किन माया लाउँछ’ बजारमा आएको हाे ।
गितमा स्वर खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको रहेको छ भने लय शब्द भट्टराईको नै रहेको छ । एक प्रेमी जोडीको सम्बन्धमा जातियताको कारण समाजको तगारो उत्पन्न भएपछी अलग रहनु पर्दाको वियोगान्त भावमा तयार भएको म्युजिक भिडियोमा ओ.बि रायामाझि, रोशनी कार्कि र इश्वर बिकको अभिनय देख्न सकिन्छ ।
भिडियोलाई निर्देशन बिनोद भण्डारीले गरेका हुन् भने छायांकन करन चैंसिर र सम्पादन बिकाश ज्ञवालीले गरेका छन् ।
उनी अझै थप्छन्, नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र बिकृति र विसंगति रहित बनाउनका लागि मौलिक सिर्जनालाई प्रमुख प्राथामिकता दिन आम संगीत पराखी श्रोता तथा दर्शकहरुमा अनुरोध गर्दछन् ।’
भिडियाे
प्रतिक्रिया