+
Search

ताजा अपडेट +

पपुलर +

जनता गणतन्त्रको आन्दोलनमा होमिँदा ओली रुँदै बयलगाडाको कथा सुनाउँदै थिए : प्रचण्ड

4KNationalDaily
२०७७ माघ ४, आईतवार १७:०८ बजे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले संविधानको हत्या गरेको आरोप लगाएका छन् ।

दाहालले नेपाली जनताको योगदानको दस्तावेज नै संविधान भएको भन्दै संसद् विघटन गरेर जनताको अधिकार खोस्ने अधिकार प्रधानमन्त्रीमा नभएको बताएका हुन् ।

‘हामीले लामो संघर्ष र बलिदानपछि उपलब्धीहरु भनेकै संविधान हो। किनकी हामीले संविधानको सुरुमै के लेखेका छौँ । हामी सार्वभौम नेपाली जनता भनेका छौँ । अहिलेसम्मको कुनै पनि संविधानले सार्वभौम भनेको थिएन । संविधानसभाबाट बनेको संविधानमा मात्रै जनताको भाषा बोलिएको थियो,’ उनले भने, ‘संघीय लोकतन्त्रमाथि प्रहार भएको छ। यस्ताे अवस्थामा हामी हँसिमजाग गर्ने मुडमा छैनौँ । संविधानको हत्या भएको छ ।’

https://www.facebook.com/egorkhasandesh/videos/998008010607310

दाहालले जनता आन्दोलनमा हुँदा ओली बयलगाडाको कथा भन्दै रुँदै सडकमा हिँडेको आरोप पनि लगाए । ‘बा आमा मरेको बेला हामी हाँस्न सक्दैनौँ। तपाईँ (ओली) त्यस्तो मान्छे हुनुहुँदो रहेछ । गणतन्त्र स्थापनाका लागि जनता आन्दोलनमा हुँदा तपाईँ बयलगाडाको कथा सुनाउँदै रुँदै हुनुहुन्थ्यो। गणतन्त्रको आन्दोलनमा तपाइँ रुँदै हिँड्नु भयो ।’

संसद् विघटन हुँदा जनता स्तब्ध भएको बेला ओली हाँस्दै हिँडेको भन्दै उनले आपत्ति जनाए। ‘आज जनता स्तब्ध भएको बेला तपाइँ हाँस्दै हिँड्नु भएको छ,’ उनले भने, ‘तपाइँको कमेन्ट एउटा जोकरले गरेको कमेन्ट बाहेक केही होइन ।’ संसद् विघटन गरेर जनताको उपलब्धीमाथि प्रहार भएको दाहालको टिप्पणी छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily