गाेरखा- साविक विजेता खोप्लाङ एपसीलाई हराउदै ‘जराङ कप’काे उपाधि जनप्रेमी युवा क्लब जराङकाे पोल्टामा पारेकाे छ।
बारपाक सुलिकाेट गाउपालिकाकाे जराङमा भएकाे खुल्ला नकआउट फुटबलमा खोप्लाङलाई हराउदै जनप्रेमीले उपाधि हात पारेकाे हाे ।
जराङ कपको याे २१औ सस्करण हाे । हरेक बर्ष माघे सक्रान्तिमा हुदै आएको खुल्ला नकआउट खेलकुद आयोजकले हात पारेको हो ।
जनप्रेमी युवा क्लब जराङको आयोजनामा माघ १ देखि ५ गते सम्म चलेको खेलमा जम्मा जम्मी २१ टिमको सहभागिता रहेको थियो ।
सेमीफाईनलमा सिर्जनसिल युथ क्लबलाई जनप्रेमी जराङले ४-१ अन्तरले गोल गरि आयोजक फाईनल पुगेको थियाे भने खोप्लाङ एपसीले सेमीफाईनलमा जनसाहारा युथ क्लब देउरालीलाई ४-१ अन्तरले गोल गरि खोप्लाङ फाईनल पुगेको हो ।
जसमा पहिलो हुने जनप्रेमीले नगद ७१ हजार, कप, मेडल साथै प्रमाणपत्र पत्र प्राप्त गरेकाे छ । दोस्रो हुने खोप्लाङले नगद ३६ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतिक्रिया