काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई हेरेर सबै नेता उस्तै हुन् भनेर आन्दोलन नगर्ने गल्ती नगर्न जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आम नागरिकलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले अहिलेको आन्दोलन भनेको कुनै नेताका निम्ति नभएर संविधान बचाउने आन्दोलन भएकाले सबै जनालाई सहभागी हुन आह्वान गरेका हुन्।
पूर्वप्रधानमन्त्री डा. भट्टराई ट्विटरमा लेख्छन् :
सौताका रिसले पोइका काखमा मु.. भने झैं नगरौं!ओली जस्तै अरू नेतानिम्ति संघर्ष किन गर्ने भन्ने गल्ती नगरौं!ऐले ट्र्याक बाहिर गएको संविधानलाई ट्र्याकमा ल्याउने कुरा प्रधान हो!संविधान बचे कमी सुधार्न सकिन्छ;खराब नेता बदल्न सकिन्छ।सबै दल,नागरिक समाजको संयुक्त संघर्षनिम्ति ढिलो नगरौं!
— Baburam Bhattarai (@brb1954) January 19, 2021
प्रतिक्रिया