+
Search

ताजा अपडेट +

पपुलर +

सन्दीप लामिछानेसँग सम्झौता नवीकरण नगर्ने दिल्ली क्यापिटल्सको घोषणा

4KNationalDaily
२०७७ माघ ८, बिहीबार ०८:४० बजे

काठमाडौं- दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आईपीएल)का लागि नेपाली लेग स्पिनर सन्दीप लामिछानेसँगको आफ्नो अनुबन्ध अन्त्य गर्ने भएको छ।

दिल्लीले सन् २०१८ मा तीन वर्षका लागि सन्दीपलाई ३२ लाख नेपाली रुपैयाँमा सम्झौता गरेको थियो। सो सम्झौता उसले अब नवीकरण नगर्ने भएको हो।

दिल्लीले सन्दीपलाई फुकुवा गरेसँगै अन्य टोलीमा जानका लागि बाटो खुलेको छ। सन्दीपले यो सिजनको आईपीएल खेलहरु हुँदा पुरै समय बेन्चमा बसेर बिताएका थिए।

दिल्लीले सन्दीपसँगै इंग्ल्यान्डका ओपनर जेसन रोय र भारतीय तीव्र गतिका बलर मोहित शर्मालाई पनि टोलीबाट फुकुवा गर्ने निर्णय गरेको छ।

यस्तै अष्ट्रेलियाका विकेट किपर ब्याट्सम्यान एलेक्स केरी, गुयानाका अलराउण्डर खेलाडी किमो पउल र भारतीय बलर तुसार देशपाण्डेलाई पनि रिलिज गरेको छ।

दिल्लीले यो सिजनमा तिब्र गतिका बलर डानियल साम्सलाई रोयल च्यालेञ्जर्स बैंगलाेरमा बिक्रि गर्ने भएको छ। यस्तै विस्फोटक ब्याट्सम्यान मार्कुस स्टोनिसलाई भने टिममा राख्ने निर्णय गरेको छ।

सन् २०१८ मा तीन खेलमा मौका पाएका सन्दीपले ५ विकेट लिएका थिए। २०१९ को आईपीएलमा उनले ६ खेलमा ८ विकेट झारेका थिए।

आईपीएलमा सहभागी सबै फ्रेन्चाइज टोलीले फुकुवा हुने र अनुबन्ध हुने खेलाडीको नाम आज औपचारिक रुपमा सार्वजनिक गर्दैछन्। आईपीएलका लागि नयाँ अक्सन (खेलाडी किन्ने घोषणा) फेब्रुअरी दोस्रो साता हुने छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily