+
Search

ताजा अपडेट +

पपुलर +

भारतको खोप आज आउँदै, खोप सामाग्री जाँचपासमा भन्सार विभागको फास्ट ट्रयाक

4KNationalDaily
२०७७ माघ ८, बिहीबार ०८:४२ बजे

काठमाडौं- भन्सार विभागले कोभिडविरुद्धका खोप र त्यससँग सम्बन्धित समाग्री नेपाल भित्र्याउँदा कुनै झन्झट र ढिलाइ हुन नदिन छरितो प्रक्रिया निर्धारण गरेको छ ।

खोप सामाग्रीहरु सार्वजनिक विदाको दिन समेत भन्सार जाँचपास गरिने भएको छ ।

भन्सार विभागले कोभिड-१९ विरुद्धको खोप सामाग्रहिरुको जाँचपास सम्बन्धी जानकारीका लागि मुख्य भन्सार विन्दुहरुमा र विशेषतः त्रिविस्थल भन्सार कार्यालयमा अलग्गै इकाइ खडा गरेर कर्मचारी खटाउने भएको छ ।

आवश्यक प्रक्रियामा सहजीकरणका लागि भन्सार विभागमा तत्काल समस्या समाधान कार्यादल र्‍यापिड एक्सन टिम रहने भन्सार विभागले जनाएको छ । भारतले अनुदानमा दिएको खोप आजैबाट नेपाल भित्रिने तयारी छ ।

अर्थमन्त्री विष्णु पौडेलले खोप सामाग्री आयात र भन्सार जाँचपासका सन्दर्भमा कुनै ढिला नहुन निर्देशन दिएका छन् । खोप पैठारीका कागजातहरुमा खोपको परिणाम तथा मूल्य नखुलेको पाइएमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरि जाँचपास हुने विभागले जनाएको छ ।

भारतले बुधवार उपलब्ध गराएको खोप सामाग्री आज एयर इन्डियाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ ।

विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily