काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई निसन्तान भन्ने नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कडा शब्दमा जवाफ दिएका छन्।
प्रधानमन्त्री ओलीले प्रचण्डले आफूलाई निसन्तान भनेको भन्दै उनले आफूले यो देशका सबै केटाकेटीलाई आफ्नै ठान्ने जवाफ दिएका हुन्। उनले आफ्नै केटाकेटी नभएका कारण आफूलाई केही गर्नुपनि नभएको बताए।
‘उहाँले मलाई ओलीको छोरोछोरी छैन। मेरा त छोरी छन्, ज्वाइँ छन्। अनि मैले उनीहरूको लागि नगरेर कसलाई गर्नु? भन्नुभएको रहेछ’ उनले भने, ‘मेरो छोराछोरी छैनन्। यो देशका सबै केटाकेटीलाई मैले आफ्नै केटाकेटी ठान्छु।’
प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डलाई त्यो ठाउँमा पुर्याउने योद्धाहरुका छोराछोरी छन् कि छैनन् भनेर प्रश्न समेत गरे।
‘म उहाँलाई भन्न चाहन्छु’, उहाँलाई त्यो ठाउँमा पुर्याउने योद्धाहरुका छोराछोरी छन् कि छैनन्?, ज्वाइँ, आफन्त छन् कि छैनन’, उनले भने, ‘लड्ने बेलामा ज्यान दिने बेलामा योद्धा चाहियो, अरुका छोराछोरी चाहियो, आफ्ना छोराछोरी विदेश राखेर पढाउने अनि तर मार्ने बेलामा मेरा त छोराछोरी छन् के गर्न?’
प्रतिक्रिया