+
Search

ताजा अपडेट +

पपुलर +

सातामा ६४ अंकले बढ्यो नेप्से, २३७४ पुग्यो परिसूचक

4KNationalDaily
२०७७ माघ ८, बिहीबार १६:१९ बजे

काठमाडौं- यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६४ अंकले उकालो लागेको छ। अघिल्ला २ हप्ता निरन्तर बढिरहेको परिसूचकमा यो साता केही उतारचढाव देखिएपनि समग्रमा साताको परिसूचक वृद्धि भएको हो।

साताको पहिलो दिन आइतबार २३१०.५१ बिन्दुमा रहेको परिसूचक कारोबारको अन्तिम दिन बिहीबार २३७४.६४ अंकमा कायम भएको छ। बिहीबार मात्र परिसूचक ३१.८७ अंकले बढेको छ।

बिहीबार २०९ वटा कम्पनीको १ करोड ८१ लाख ५ हजार ६ सय ७१ कित्ता सेयर ६९ हजार ३ सय ३३ पटक खरिद बिक्री हुँदा ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

बिहीबार बैंकिङ समूह ३.८३ र म्युचुअल फन्ड ०.५ अंकले घट्नु बाहेक बाँकी सबै समूहको उपसूचक बढेको देखिएको छ। सबैभन्दा धेरै निर्जीवन बिमा समूहको उपसूचक ५४०.२३ अंकले बढेको छ।

कारोबार रकमका आधारमा बिहीबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी ५३ करोड ३३ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका सेयर संख्याको आधारमा भने प्रभु बैंकको ४ लाख ७७ हजार ६ सय ४२ कित्ता सेयर किनबेच भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily