+
Search

ताजा अपडेट +

पपुलर +

राजधानीमा प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन

4KNationalDaily
२०७७ माघ ९, शुक्रबार १४:३० बजे

काठमाडौं- संसद विघटनको विरोधमा प्रचण्ड–माधव नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतारेर प्रचण्ड–माधव समूहले राजधानीमा शक्ति प्रदर्शन गरेको हो । विरोधसभामा एक लाख बढी कार्यकर्ता उतार्ने सो समूहले दाबी गरेको छ ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निस्किएको थियो ।

बिभिन्न स्थानबाट निस्किएका जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत भएको छ । सो मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको छ ।

जुलुसमा सहभागीहरुलाई पार्टीले तोकेका नारामात्र लगाउन निर्देशन दिइएको थियो । प्रचण्ड–माधव समूहले संसद विघटनको असंवैधानिक कदम नसच्चिएसम्म आन्दोलन जारी रहने जनाएको छ ।

सम्बन्धित समाचार: 

ओलीको एकमात्रै मिसन भनेको राजावादीसँग मिलेर मलाई सिध्याउने हो : प्रचण्ड

दुईतिहाइ ल्याउने ओलीको वाचा जिउँदो सन्तान मारेर अर्को सन्तानका लागि व्रत बस्नु जस्तै हो : घनश्याम भुसाल

ओलीको अरिंगाल र साइबर सेनासँग विशाल पार्टीसँग लड्ने क्षमता छैन : माधव नेपाल

झलनाथ खनालको ठोकुवा : सर्वोच्च अदालतले संसद पुन:स्थापना गर्छ, गर्छ

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily