+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक बस्दै, ओलीलाई साधारण सदस्यबाटै निस्कासन गर्ने तयारी

4KNationalDaily
२०७७ माघ ११, आईतवार ०८:४९ बजे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक आइतबार बस्दैछ।

शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा उपलब्ध स्थायी कमिटी सदस्यहरुबीचको छलफलपछि आइतबार बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्‍ठका अनुसार शनिबार काठमाडौंमा शुक्रबार आयोजित विरोध सभाको समीक्षा र आन्दोलनका आगामी कार्यक्रमबारे छलफल गरिएको थियो। आइतबारको बैठकले थप एजेण्डासहित नयाँ कार्यक्रम तय गर्ने छ।

स्थायी कमिटी बैठकले ओली पक्षका प्रदेश पदाधिकारी हटाएर आफ्नो पक्षकालाई समायोजन गर्ने तयारी छ। सोही बैठकले प्रधानमन्त्री केपी ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने तयारी रहेको स्रोतले जनाएको छ।

यसअघि प्रचण्ड–माधव पक्षले केही दिन अगाडि तीन दिनको समय दिएर सोधेको स्पष्टीकरणपत्र बालुवाटार गेटमा बुझाएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily