+
Search

ताजा अपडेट +

पपुलर +

असन्तुष्‍टिबारे नारायणकाजी भन्छन् : विधि र पद्धति अनुसार पार्टी सञ्‍चालन गर्नु चुनौती

4KNationalDaily
२०७७ माघ ११, आईतवार ०८:५२ बजे

काठमाडौं- नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले शुक्रबारको विरोध प्रदर्शनमा आफ्नो असन्तुष्‍टिबारे जवाफ दिएका छन् ।

अहिले सामाजिक सञ्जालमा नारायणकाजीको भिडियो भाइरल छ । सामाजिक सञ्‍जालमार्फत श्रेष्‍ठले विधि र पद्धति अनुसार पार्टी सञ्‍चालन गर्नु चुनौती भएको लेखेका छन् ।

आन्दोलन परिचालन कमिटीका संयोजकसमेत रहेका श्रेष्ठ कार्यक्रम अवधिभर चरम असन्तुष्ट देखिएका थिए । यतिसम्म कि सभाको औपचारिक विसर्जन गर्नसमेत उनी तयार भएनन् ।

‘हाम्रो कार्यक्रमको क्रममा मञ्चमा देखिएको विवाद यही विषयमा हो । जुलुस परिक्रमा र सभा शुरु गर्ने सम्बन्धमा केन्द्रीय संघर्ष समितिले बनाएको पूर्वनिर्धारित योजना संघर्ष समितिको जानाकारीबिना नै अकस्मात परिवर्तन गरियो । त्यसो गरिनु हुँदैन थियो’, उनले लेखेका छन्, ‘संस्थागत कार्य प्रणालीकोबारेमा सबै नेतृत्वदायी कमरेडहरुको गम्भीर ध्यानाकर्षणका लागि त्यतिबेलानै जोडले कुरा उठाउनु जरुरी थियो ।’

विधि, पद्धतीकोको उपेक्षा र अवज्ञा हुन नपाओस् भन्नेमा शुरूदेखि सशक्त संघर्ष गर्नुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily