काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्नेहरु संविधान र लोकतन्त्रविरोधी भएको आरोप लगाएका छन्।
आइतबार काठमाडौँमा आयोजित अपांगता भएका व्यक्तिहरुसँगको अन्तक्रियामा प्रधानमन्त्री ओलीले देशमा स्थिरता नचाहनेले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनेको बताए।
‘संसद विघटन भएको असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन्, ती कराउने मान्छेहरु संविधान, लोकतन्त्र, देश र जनविरोधी हुन्’, उनले भने।
प्रतिक्रिया