+
Search

ताजा अपडेट +

पपुलर +

नेप्से फेरि उकालो लाग्यो : १८.८६ अंकले बढ्यो परिसूचक, ८ अर्बको कारोबार

4KNationalDaily
२०७७ माघ १४, बुधबार १६:२९ बजे

काठमाडौं- मंगलबार दोहोरो अंकको गिरावट देखिएको पूँजीबजारमा बुधबार भने दोहोरो अंककै सुधार देखिएको छ। हिजो नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.७९ अंकले घटेकोमा आज पुरानै लयमा फर्किर १८.८६ अंकले बढेको छ।

बुधबार २ सय ८ वटा कम्पनीको १ करोड ५२ लाख ८९ हजार कित्ता सेयर ५९ हजार १ सय ५१ पटक खरिद–बिक्री हुँदा ८ अर्ब ६२ लाख ३८ हजार रूपैयाँ बराबरको कारोबार भएको छ।

आज सेन्सेटिभ परिसूचक भने ०.८६ अंकले घटेको छ। नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएपछि उपसूचकहरूमा भने रातो देखिएको छ।

व्यापार, निर्जीवन बीमा, वित्त र जीवन बीमा समूहको उपसूचक क्रमशः ३२.९६, ४६४.६८, ६७.५१ र १ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेका छन्।

सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक ३३ दशमलव ७५ अंकले घटेको छ। त्यस्तै बैंकिङ समूह १२.१२, होटल समूह २४.३९, विकास बैंक समूह ६.२३, जलविद्युत समूह ४.७, वित्त समूह ६.७७ र अन्य समूह २.१९ अंकले घटेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ९३ करोड ३४ लाख २३ हजार रूपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका सेयर संख्याका आधारमा भने नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड पहिलो नम्बरमा देखिएको छ। यो कम्पनीको १४ लाख ५४ हजार कित्ता सेयर खरिद बिक्री भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily