+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधि सभा विघटन मुद्दामा अब १५ मिनेट मात्र बहस गर्न पाइने

4KNationalDaily
२०७७ माघ १४, बुधबार १६:३१ बजे

काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दामा अब १५ मिनेट मात्र बहस गर्न पाइने भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको मुद्दामा बहस लम्बिएपछि कडाइ गरिएको हो।

बुधबार १०औं दिनको बहस सकिँदै गर्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अहिलेकै अवस्थाले मुद्दा टु‌ंगिन लामो समय लाग्ने भन्दै बढीमा १५ मिनेट मात्र बहस गर्न समय निर्धारण गरेको जानकारी गराए।

प्रधानन्यायाधीश राणाले अझैं सात वटा मुद्दामा सुनुवाइ हुन बाँकी रहेको स्मरण गराउँदै समयको ख्याल गर्न आग्रह गरे।

बुधबार वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, युवराज संग्राैला र हरिहर दाहालले मात्र बहस गरेका थिए। ३०० जना अधिवक्ताहरूले वकालतनामा लेखाएका छन्।

आजै सुनुवाइका क्रममा न्यायाधीश सपना प्रधान मल्लले पनि रिट निवेदकलाई बहस कहिलेसम्म लम्ब्याउने भनेर प्रश्न गरेकी थिइन्। प्रतिनिधि सभा विघटनविरुद्ध १३ वटा मुद्दा परेकामा अझै सात वटा मुद्दामा सुनुवाइ हुन बाँकी छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily