+
Search

ताजा अपडेट +

पपुलर +

केपी ओलीले कुनै न्यायपूर्ण आन्दोनलको अगुवाइ गर्नुभएको छैन : माधव नेपाल

4KNationalDaily
२०७७ माघ १५, बिहीबार १७:५७ बजे

फाइल तस्बिर


काठमाडौं– नेकपाका नेता माधवकुमार नेपालले केपी ओलीले कहिल्यै पनि कुनै न्यायपूर्ण आन्दोनलको अगुवाइ नगरेको बताएका छन्। बुटवलमा बिहीबार आयोजित सभामा उनले ओलीमा पछाडि बसेर कुरा काट्ने बानी भएको बताए।

प्रचण्ड-माधव नेपाल पक्षका अध्यक्ष समेत रहेका उनले ओलीले अगतिला कुरा मात्रै गर्न जानेको बताए। ‘उहाँलाई कुनै पनि राम्रो कुरा मन पर्दैन। उहाँलाई खाली आफ्नो प्रशंसा मन पर्छ’, उनले भने।

केपी ओली समयको पछिपछि लतारिने मान्छे भएको उनको बुझाइ छ। ‘समयलाई अगुवाइ गर्न सक्ने खुबी, क्षमता केपी ओलीमा छैन। यो सबै कुरा हामीले अनुभवबाट प्राप्त गरेका छौं’, उनले भने।

केपी ओलीले जहिले पनि अगाडि बढ्ने कुराको विरोध गरेको नेपालको भनाइ छ।

‘बद्ख्वाइँ मात्रै गर्ने, टिकाटिप्पणी मात्रै गर्ने, खुट्टा मात्रै तान्ने। त्यसकारण उहाँले मेरो खुट्टा मात्रै तानियो भन्नुहुन्छ। खुट्टा मात्रै सम्झिनुहुन्छ। हामी उहाँको हात समातेर अगाडि बढ्न चाहन्थ्यौं। उहाँ थचक्क बस्नुहुन्छ। अगाडि बढ्न चाहनुहुन्न’, नेपालले भने।

ओली काम थोरै गर्ने तर खाली बकबक बोलिरहने स्वभावको भएको नेपालको आरोप छ।

नेपालले आफूहरुले नेकपाको ४४१ जना केन्द्रीय सदस्यलाई मात्रै चिन्ने बताए। ‘त्यो ५५६को, १५०१ को, ११९९ को लिस्ट हामीलाई स्वीकार्य छैन’, उनले भने, ‘केपी ओलीको पार्टीमा सदस्य पाउँछु कि भनेर जानेहरुको बिचल्ली भएको छ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily