+
Search

ताजा अपडेट +

पपुलर +

ओली राणा र राजाको प्रेतको रुपमा निरंकुश बने, अब ठेगान लगाएर छाड्छौं : घनश्याम भुसाल

4KNationalDaily
२०७७ माघ १५, बिहीबार १८:०१ बजे

काठमाडौं- नेकपा स्थायी समिति सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रतिगमनकारी र निरंकुश कदमलाई हराएर छाड्ने बताएका छन्।

उनले अहिले एउटा पक्ष लाखौं जनताको सपना इज्जत केहि होइन, एकजना तानाशाहको सनक र इज्जत सब कुरा हो भनेर आएकाे हुँदा अहिले आमनागरिकले आफ्नो जीवनको मूल्य खोज्नुपर्ने बेला आएकाे उनले बताए।

‘हाम्रै आफ्नै पार्टीको अध्यक्ष र हामी आफैले चुनेको प्रधानमन्त्रीले लोकतन्त्र केही होइन, जनता केही होइन भनेर प्रधानमन्त्रीको सत्तासहित दुनियाँलाई दुत्कारेका कारण हामी अगाडि आउनु परेको छ,’ उनले भने, ‘निरंकुशताको प्रेत फेरि उकल्जिएको छ।’

अहिले सबैसामु दुईवटा बाटो रहेको उनले बताए। अब ओलीको बाटो रोज्ने की समग्र नेपाली नागरिकको हित हुने बाटो रोज्ने बेला आएको उनले भनाइ छ।

‘यसअघि पनि राणाले सोधे, महेन्द्रले सोधे, विरेन्द्रले र ज्ञानेन्द्रले पनि हामीसँग सोधे तर नेपालीले नेपालको बाटो रोजे,’ उनले बिहीबार बुटवलमा आयोजित विरोध सभामा भने, ‘राणा र राजाको प्रेतको रुपमा ओलीले सोधेका छन् कुन बाटो रोज्ने भनी अब ओलीको बाटो किमार्थ अघि बढ्न दिने छैनौं।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily