+
Search

ताजा अपडेट +

पपुलर +

ओलीको निरंकुशता केही महिनामै ध्वस्त हुन्छ : प्रचण्ड

4KNationalDaily
२०७७ माघ १५, बिहीबार १८:१६ बजे

बुटवल- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब केहि महिनाभित्र केपी ओलीको स्वेच्छारिता अन्त्य हुने बताएका छन्।

‘अब हामीले ओलीको निरंकुशताको छिट्टै अन्त्य गर्दैछौं, अब केहि महिनाभित्रै ओलीको स्वेच्छाचारिता अन्त्य गर्छौं,’ बुटवलमा बिहीबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले भने, ‘अब हामी विकास र समृद्धिको नयाँ योजना लिएर आउँदैछौं। अब हामी नयाँ युगतर्फ देशलाई लैजानेछौं।’

प्रचण्डले अहिलेको राजनीतिलाई सहि बाटोमा ल्याएर दुई वर्षभित्र नेपाललाई विकासको मार्गमा डोर्‍याउने बताए । उनले आफैले प्रस्ताव गरेको प्रधानमन्त्री नै निरंकुश बन्दा यो संकट आइपरेको उनको भनाइ छ।

उनले प्रतिनिधि सभा विघटनको मुद्दा अहिले अदालतमा रहेको र आफूले अदालतप्रति कुनै आशंका गर्न नचाहेको उनले बताए। ‘तर सबैभन्दा ठूलो अदालत तपाईंहरु जनताको जनअदालत हो, यसको फैसला सबैभन्दा ठूलो हो,’ उनले भने।

गणतन्त्रका लागि जनताले खेलेको भूमिका स्मरण गर्दै प्रचण्डले अहिले फेरि निरंकुश र लोकतन्त्रविरोधी शक्ति परास्त गर्न जनता त्यसैगरी जाग्नुपर्ने बेला आएको उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily