+
Search

ताजा अपडेट +

पपुलर +

बुटवलमा वर्षमानको व्यंग्य : ओलीका दुईतिर दुई ढेडु बाँदर– रामबहादुर र टोपबहादुर !

4KNationalDaily
२०७७ माघ १५, बिहीबार १८:२० बजे

फाइल तस्बिर


बुटवल- नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले माओवादी जनयुद्ध र त्यसमा सहभागीलाई अपमान गरेको भन्दै आपत्ति जनाएका छन्।

प्रधानमन्त्री ओलीले माओवादी जनयुद्धलाई ‘कुहिएको फर्सी’ र जनयुद्धमा लागेकालाई ‘बाँदर’ को संज्ञा दिएको भन्दै नेता पुनले आपत्ति जनाएका हुन्।

पूर्वमन्त्रीसमेत रहेका पुनले पूर्वमाओवादीकै कारण ओली दुईपटकसम्म प्रधानमन्त्री भएको हेक्का राख्न चेतावनी दिए।

‘जसको योगदानले दुईपटक देशको प्रधानमन्त्री बन्नुभयो, उही कुहिएको फर्की?, उही बाँदर?’, प्रधानमन्त्री ओलीको नाम लिँदै नेता पुनले बिहीबार बुटलमा आयोजित विरोधसभामा भने।

पुनले यदि माओवादी युद्धमा लागकाहरु बाँदर हुने भए रामबहादुर थापा र टोपबहादुर रायमाझी नामका दुई ‘ढेडु बाँदर’ ओलीका दायाँ र बायाँ रहेका भन्दै व्यंग्य गरे। ‘तपाईंका दायाँ र बायाँ रामबहादुर र टोपबहादुर नामका दुई बाँदर छन्’, पुनले भने, ‘दुईवटा ढेडु बाँदरलाई दुईतिर राखेर कसरी गुट बनाउन सक्नुहोला?’

पुनले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा जननिर्वाचित प्रतिनिधिसभाको हत्या भएको भन्दै सर्वोच्च अदालतले संसद पुनस्र्थापना गर्ने विश्वास व्यक्त गरे।

यस्तै ४ सय ४१ सदस्यीय केन्द्रीय समितिका ३ सय बढीको समर्थन रहेको माधव–नेपाल र प्रचण्डले नेतृत्व गरेको पार्टी नै मुलधारको नेकपा रहेको उल्लेख गरे।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily