+
Search

ताजा अपडेट +

पपुलर +

कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन : वैशाखमा चुनाव हुन्छ, गतिशील भएर लाग्नुहोस्

4KNationalDaily
२०७७ माघ १५, बिहीबार १८:५६ बजे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखको निर्वाचनको निम्ति सजग र गतिशील भएर लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

बिहीबार आफू निकट नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले वैशाखमा चुनाव हुने भएकोले कार्यकर्ताहरुलाई अत्यन्त सजग र गतिशील भएर लाग्न निर्देशन दिएका हुन्।

बाँकी रहेको तीन महिना राष्ट्रलाई कता लाने भन्ने जीवन मरणको संघर्ष भएकाले यस अवधिमा बढी काम र बढी अभियान लिएर जानुपर्ने उनको भनाई छ।

प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश नं. २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा चुनाव गर्ने र दोस्रो चरणमा प्रदेश नं. १, बागमति प्रदेश र कर्णाली प्रदेशमा चुनाव गराउने गरी छलफल भइरहेको पनि बताए।

प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ जानबाट रोकेको दाबी गरे। पार्टीमा शुद्धिकरण अभियान चलेको बताउँदै उनले पार्टीको विकृति, विसंगति, अराजकता, अनुशासनहिनता र स्वार्थी प्रवृति किनारा लागेको बताए। पार्टी एक विचार र एक धारणासाथ एकताबद्ध भएर अघि बढेको उनको भनाई छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily