काठमाडौं- बलिउड अभिनेत्री करिना कपुर चाँडै दोस्रोपटक आमा बन्दैछिन्। यसअघि करिनाको डेलिभरी मार्चमा हुने बताइएको थियो।
तर अहिले आगामी महिना अर्थात् फेब्रुअरीमै करिनाले बच्चा जन्माउने करिनाकी श्रीमान सैफ अलि खानले बताएका छन्।
सन् २०१२ मा अभिनेता सैफ अलि खानसँग विवाह गरेकी करिनाले यसअघि छोरा जन्माएकी थिइन्। तैमुर अलि खानको जन्म सन् २०१६ मा भएको थियो। यतिबेला करिनाकी छोरा तैमुर ४ वर्षको हुन लागेका छन्।
हालै सामाजिक संजालमा करिनाले गर्भवती अवस्थाको फोटो पोस्ट गरेकी छिन्। उनले तस्बिरमा आफ्नो बेबी बम्प देखाएकी छन्। बेबी बम्पमा उनले योगा गरेका तस्बिरहरु भाइरल बनेका छन्।
हाल उनका समर्थकले दोस्रोपटक आमा बन्न लागेकी करिनालाई शुभकामना दिइरहेका छन्।
प्रतिक्रिया