+
Search

ताजा अपडेट +

पपुलर +

हामी नै आधिकारीक पार्टी हो : यादव बस्नेत

4KNationalDaily
२०७७ माघ १६, शुक्रबार १४:०१ बजे

गोरखा- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षका जिल्ला नेता यादव बस्नेतले प्रचण्ड-माधव पक्ष नै आधिकारीक पार्टी भएको बताएका छन् ।

जिल्लाको सिरानचोक गाउँपालिका-५, चित्रेपोखरीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टी एकतापछि साविकको माओवादी केन्द्रको पार्टी कार्यलय नै आधिकारीक पार्टी कार्यलय भएको भन्दै उनले पार्टीपनि हामी नै आधिकारिक भएको बताएका हुन् ।

विधि र प्रकृया बाहिर गएर अध्यक्षले आफुलाइ केन्द्रिय सदस्यमा मनाेनित गरेकाे तर आफु अस्विकार गरेको बताए ।

‘मलाई अध्यक्ष कमरेडले केन्द्रीय सदस्यका रूपमा मनोनित गर्नुभएको थियो’ उनले भने ‘विधि तथा प्रकृया बाहिर गएर गरिएको मनोनित सदस्य अस्विकार गरेको हाे ।’

सभालाई नेकपाका प्रवत्ता नारायकाजी श्रेष्ठ, केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, प्रतिनिधि सभा सांसद तथा नेतृ रामकुमारी झाँक्रीलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।अहिले झाँक्रीले सम्बोधन गरिरहेकि छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily