+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाको मतदाता संख्या दुई लाख सातहजार

4KNationalDaily
२०७७ माघ १९, सोमबार १०:०५ बजे

गाेरखा- गोरखाले मतदाताको दुईलाख सातहजार सातसय ४६ जना  रहेका छन् । सरकारले प्रतिनिधिसभाको मध्यावधी निर्वाचन घोषणा गरेसँगै पुष ५ गतेबाट नयाँ मतदाता नामावली संकलन रोकिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७४ सालको निर्वाचनको अन्तिम मतदाता संख्या १ लाख ८९ हजार ४ शय ४९ रहेको थियो । उक्त संख्या बढेर गएको पुष ५ गतेसम्ममा २ लाख ७ हजार ७ शय ४६ पुगेको हाे ।

‘पुस ५ गतेदेखि यता कोही कसैको मृत्यू भएको वा बसाइँ सराई भएको भएमा बरु घट्न सक्छ, तर बढ्न सक्दैन’ जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले भने, ‘त्यसैले हामीले नाम संशोधनको काम धमाधम सञ्चालन गरिरहेका छौँ ।’

२०७४ सालमा गोरखा नगरपालिकाको मतदाता संख्या २७ हजार ५ सय ६ रहेकोमा अहिले ३३ हजार २ सय ८ पुगेको छ ।

यस्तै पालुङटारको २५ हजार ७ सय ३० बाट बढेर ३१ हजार १ सय ३२ पुगेको छ भने अजिरकोट गाऊँपालिकाको मतदाता संख्या ९ हजार ९ सय ३८ बाट १२ हजार ७८ पुगेको छ ।

आरुघाटको १४ हजार ४ सय २२ बाट १७ हजार ४ सय ९२, गण्डकीको १४ हजार ५७ बाट बढेर १७ हजार ४ सय ८ र चुमनुब्रीको ३ हजार ८ सय ६९ बाट ४ हजार ६ सय ४ पुगेको छ ।

यस्तै २०७४ सालमा ७ हजार ८ सय ७५ रहेको धार्चेको मतदाता संख्या अहिले ९ हजार ८ सय ५१ पुगेको छ भने भिमसेनथापा गाऊँपालिकाको १५ हजार १३ बाट बढेर १८ हजार ८ सय ४८ पुगेको छ ।

शहिद लखन गाऊँपालिकाको मतदाता संख्या १८ हजार ५ सय ७ बाट बढेर २२ हजार ९ सय ३०, सिरानचोकको १६ हजार १ सय ७३ बाट २० हजार ३ सय ६ तथा वारपाक सुलिकोटको मतदाता संख्या १५ हजार ९ सय ५६ रहेकोमा १९ हजार ८ सय ८९ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily