+
Search

ताजा अपडेट +

पपुलर +

उपाधि यात्रामा अंक दूरी बढाउँदै एथ्लेटिको मड्रिड

4KNationalDaily
२०७७ माघ १९, सोमबार १०:२७ बजे

काठमाडौं- एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा काडिजलाई पराजित गरेको छ। काडिजलाई ४–२ गोलअन्तरले पराजित गर्दै एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा फराकिलो अंक दूरी बनाएको छ।

काडिजको घरेलु मैदानमा एथ्लेटिको मड्रिडलाई जित दिलाउन लुइस स्वारेजले दुई गोल गर्दा साउल निगुएज र कोकेले १–१ गोल गरे। काडिजका लागि अल्भारो नेग्रोडोले दुई गोल गरे।

खेलको २८औं मिनेटमा स्वारेजले गोल गर्दै एथ्लेटिको मड्रिडलाई अग्रता दिलाए। तर, ३५औं मिनेटमा अल्भारो नेग्रोडोले गोल गर्दै काडिजलाई १–१ गोलको बराबरीमा ल्याए। खेलको ४४औं मिनेटमा साउल निगुएजले गोल गरेपछि एथ्लेटिको मड्रिडले पहिलो हाफसम्म २–१ को अग्रता बनाएको थियो।

खेलको ५०औं मिनेटमा स्वारेजले नै पेनाल्टीबाट गोल गर्दै एथ्लेटिको मड्रिडलाई ३–१ गोलको अग्रता दिलाए।

७१औं मिनेटमा अल्भारो नेग्रोडोले व्यक्तिगत दोस्रो गोल गर्दै काडिजलाई ३–२ को स्थितिमा ल्याए। तर, ८८औं मिनेटमा कोकेले गोल गरेपछि एथ्लेटिको मड्रिडले काडिजलाई ४–२ गोलअन्तरले पराजित गरेको हो।

आइतबार राति नै भएका अन्य खेलमा भिल्लारियलले रियल सोसिडाडसँग १–१ गोलको बराबरी खेल्दा गेटाफे र अलभेस तथा ग्रानाडा र सेल्टा भिगोले गोलरहित बराबरी खेलेका छन्।

लिगको शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडले जितसँगै १९ खेलबाट ५० अंक बनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily