+
Search

ताजा अपडेट +

पपुलर +

बर्नलीविरुद्ध चेल्सीको जित, अर्को खेलमा लेस्टर पराजित

4KNationalDaily
२०७७ माघ १९, सोमबार १०:२९ बजे

काठमाडौं- चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। आइतबार राति भएको खेलमा चेल्सीले बर्नलीलाई २–० गोलअन्तरले पराजित गरेको हो। घरेलु टिम चेल्सीको जितमा केसर एज्पिलिक्युटा र मार्कोस एलोन्सोले गोल गरे।

पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो। खेलको ४०औं मिनेटमा केसर एज्पिलिक्युटाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए।

७२ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको चेल्सीले खेलको ८४औं मिनेटमा अर्को गोल गर्‍यो। चेल्सीका लागि मार्कोस एलोन्सोले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए।

आइतबार राति नै भएको अर्को खेलमा लिड्स युनाइटेडले लेस्टर सिटीलाई ३–१ गोलअन्तरले पराजित गरेको छ। खेलको १३औं मिनेटमा गोल गर्दै बनाएको अग्रता जोगाउन नसक्दा लेस्टरले तीन गोल खाँदै हार्न पुग्यो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily