+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डको अध्यक्षतामा केन्द्रीय समिति बैठक सुरु, माधव नेपालले भने–पार्टी विभाजित भएको छैन

4KNationalDaily
२०७७ माघ १९, सोमबार १४:५७ बजे

काठमाडौं- नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव नेपालले पार्टी विभाजित नभएको बताएका छन् । उनले पार्टीमा गुटगत गतिविधि गरेका कारण केपी ओलीलाई कारबाही मात्रै गरिएको बताए ।

सोमबार प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेपालले आफूहरुको बैठक विधान बमोजिम सुरु भएको पनि बताए ।

उनले केपी ओलीको पक्षमा एक चौथाइ केन्द्रीय सदस्य नभएको पनि बताए । ‘जोसँग एक चौथाइ केन्द्रिय सदस्य छैनन्, उसले आधिकारिक भन्न मिल्छ ?’, ओलीप्रति कटाक्ष गर्दै नेपालले भने ।

केपी ओलीले जथाभावी गुटगत क्रियाकलाप गरेपछि पार्टीमा गम्भीर संकट आएको तर पार्टी विभाजित भने नभएको उनको जिकिर थियो । उनले मुल पार्टी आफूहरु नै रहेको पनि बैठकमा बताए ।

उनले पार्टीमाथि दागा नधर्न र आँखा नलगाउन पनि केपी ओलीलाई चेतावनी दिए । उनले पार्टी एकता गर्दा भएको सहमति ओलीले पालना नगरेको पनि आरोप लगाए । बैठक प्रचण्डको अध्यक्षतामा सुरु भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily