+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधि सभा पुनर्स्थापना गरेर नक्कली सरकार बनाउन चाहेका छन् : प्रधानमन्त्री

4KNationalDaily
२०७७ माघ १९, सोमबार १८:०९ बजे

सिरहा- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना नहुने पुनः दोहोर्‍याएका छन्। प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले भने, ‘चुनाव हुन्छ। प्रतिनिधि सभा विघटन संवैधानिक निर्णय हो।’

शक्ति पृथककीकरणको सिद्धान्त अनुसार सर्वोच्चले फैसला गर्ने उनले विश्वास व्यक्त गरे। संसद पुनर्स्थापना भए जोड घटाउ र किनबेच गरेर नक्कली सरकार खडा हुने प्रधानमन्त्री ओलीले सिरहामा आयोजित सभामा बताए।

तराइमा विगतमा आफ्नाविरुद्ध भ्रम फैलाएको पनि उनले दाबी गरे। प्रधानमन्त्री ओलीले प्रदेश २ मा पहिलो चरणमा निर्वाचन हुने समेत बताए। ओलीले प्रदेश २ मा वैशाख १७ मा निर्वाचन हुने जानकारी गराएका हुन्।

नेकपा पछिल्लो समय थप गतिशील भएको उनले दाबी गरे। प्रचण्ड–माधव समूह निस्किएपछि पार्टी फेरि गतिशील भएको उनको भनाइ छ। उनले नेकपाको प्रचण्ड–माधव समूहमा रहेकालाई ठग र षडयन्त्रकारी तत्वको संज्ञा दिए।

‘जनतालाई ठग्नेहरु,षडयन्त्र गर्ने तत्वहरुलाई यस चुनावलाई परास्त गर्नुपर्दछ,’ ओलीले भने।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily