+
Search

ताजा अपडेट +

पपुलर +

संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिबारे कारणदेखाउ आदेश जारी

4KNationalDaily
२०७७ माघ २३, शुक्रबार १६:३१ बजे

काठमाडौं- सर्वोच्च अदालतले संवैधानिक निकायमा भएको नियुक्तिबारेमा कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ।

शुक्रबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले हालै भएको संवैधानिक आयोगहरूमा पदाधिकारी नियुक्तिबारे कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको हो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको निवेदनमा सुनुवाई गर्दै सर्वोच्चले विपक्षीहरुसँग लिखित जवाफ माग गरेको छ।

प्रतिनिधि सभामा सुनुवाई हुनुपर्ने संविधानको व्यवस्था विपरीत संवैधानिक आयोगहरूमा ३४ पदाधिकारीलाई सपथ ग्रहण गराइएकाले त्यसविरुद्ध त्रिपाठीले निवेदन दर्ता गराएका थिए।

प्रतिनिधि सभा विघटन हुनुअघि अध्यादेशमार्फत् संवैधानिक परिषदसम्बन्धी ऐन संशोधन गर्दै सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोगलगायतका संवैधानिक निकायहरूमा पदाधिकारी सिफारिस गरेको थियो।

मंसिर ३० गते बसेको संवैधानिक परिषद् बैठकको सिफारिस पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि मात्र सार्वजनिक भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily