काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले इतिहासकै बढी प्रगति गरेको दाबी गरेका छन्। उनले यसअघिका कुनै पनि सरकारले गर्न नसकेको विकास आफू नेतृत्वको सरकारले गरेको दाबी गरे।
वर्तमान सरकारले इतिहासका अन्य कुनै सरकारले नगरेको बताउँदै उनले भने, ‘यति छिटो विकास इतिहासमा कुनै सरकारले गरेको थियो? अहिले जस्तो काठमाडौं कहिल्यै थियो? अहिले जति बाटो कहिल्यै बनेका थिए?’
शुक्रबार ओली पक्षीय नेकपाको बागमती प्रदेशले नारायणहिटी संग्राहलय अगाडि गरेको सभालाई सम्बोधन गर्दै उनले सरकारलाई काम गर्नै नदिएर प्रतिनिध सभा विघटन गर्नु परेको जिकिर गरे।
उनले भने, ‘हाम्रो बलमा संसदमा आएर सरकारले काम गरेन भनि आलोचना गर्ने? त्यसको जवाफ निर्वाचनबाट खोज्नुपर्दछ। नाटकवाजको भ्रममा नपर्नू।’
प्रतिक्रिया