+
Search

ताजा अपडेट +

पपुलर +

आइओएमद्वारा नतिजा प्रकाशनमा ढिलाइ, दिब्या सिंह आएपछी झन् समस्या

4KNationalDaily
२०७७ माघ २४, शनिबार १०:५६ बजे

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)ले लिने ‘एमबीबीएस’ अन्तिम बर्षको परिक्षाफल प्रकाशनमा ढिलाइ भएको छ।

परिक्षा सकिएको महिना दिनभित्र हुने नतिजा अहिले अढाइ महिना भइसक्दापनी प्रकाशित भएको छैन।

सामान्यतया, नियमित परिक्षाको नतिजा आएको महिना दिनभित्र लिनुपर्ने पुरक परिक्षा चार महिना पछि मात्र लिइएको थियो। कोरोनाको यो कहरमा अपुग भइरहेको जनशक्तिलाई ख्याल गर्दै समयमै नतिजा निकाल्न तत्परता देखाउन पर्नेमा ‘आइओएम’का को गैरजिम्मेवारीले विद्यार्थीहरुको बर्षदिन क्षति हुनपुगेको छ।

अझ, बिडम्बना के छ भने कोरोनाले खेर गएको समयको समायोजन गर्नलाई नतिजा छिटो प्रकाशित गर्नेभन्दै परिक्षाका बीच दिइने दुई दिन बिदालाई कटौती गरेर एक दिनमा झारिएको थियो।

यो महामारीमा बिरामीको उपचारमा खटिनुपर्नेमा आइओएमको गैरजिम्मेवारी अनि ढिलासुस्तीले परिक्षाफल कुर्नुपरेकाले मानसिक तनाब अत्याधिक भएको विद्यार्थीहरुले बताएका छन् ।

दिब्या सिंह आएपछी झन् समस्या

डिनमा प्राध्यापक डाक्टर दिव्या सिंह शाह असार ३ २०७७ मा नियुक्त भइन्। त्रिवि कार्यकारी परिषदले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सकसमेत रहेकी शाहलाई नियुक्त गरेको हो।

बुधबारमात्र प्रा.डा. प्रेम ज्ञवालीको संयोजकत्वमा रहेको सिफारिस समितिले शाह, प्रा डा प्रदीप वैद्य र प्रा डा उक्तमकृष्ण श्रेष्ठको नाम डिनका लागि सिफारिस गरेको थियो। प्रधानमन्त्री ओली निकट रहेकी शाहले आफूभन्दा वरिष्ठलाई पाखा लगाउँदै डिन पाएकी हुन्। शाहभन्दा वैद्य वरिष्ठ हुन्।

आइओएममा वरिष्ठता मिचिएर नयाँ डिन बनाइएकी डा. सिंह शाह आएपछी समस्या अझ बढ्दै गएको विद्यार्थहरुले बताएका छन्।

परिक्षाफल प्रकाशनमा भएको ढिलाइबारे बुझ्न खोज्दा आइओएमका डिन डा. सिंहको फाेन सम्पर्क हुन सकेन। यसै बिषयमा आइओएमका परिक्षा नियन्त्रक तथा सहायक डिन डा. राजेन्द्र गुराँगाईसंग सम्पर्क गर्दा उनले ‘प्रक्रिया चलिरहेको’ मात्र बताए।

विद्यार्थीहरुका अनुसार बिगत चालीस दिनदेखि यहि ‘प्रक्रिया चलिरहेको’ जवाफ मात्र दिनेगरेको भन्दै असन्तुष्टि जनाए। काठमाडौ विश्वविद्यालय अन्तर्गतका कलेजभन्दा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजमा एउटै कोर्स भएतापनी सात-आठ महिनाको फरक पर्नेगरेको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily