फाइल तस्बिर
काठमाडौं- प्रचण्ड-माधव नेतृत्वको नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टी विभाजनको सहायक कारक वामदेव गौतमको बार्गेनिङ रहेको आरोप लगाएकी छन् ।
शनिवार तनँहुमा आयोजित कार्यक्रममा झाँक्रीले सचिवालयमा बहुमत गुम्ने डरले प्रचण्ड र माधव नेपालले बामदेवले जे भने पनि लतारिदा ओलीको शक्ति बढेको बताइन् ।
उनले गौतमल प्रचण्ड-माधव पक्षका कुरा लगेर ओलीलाई सुनाउँदै प्रधानमन्त्री पदको बार्गेनिङ गरेको आरोप समेत लगाइन् ।
झाँक्रीले भनिन्– ‘घरि प्रचण्ड माधवतिर जाने ५ जना पुर्याउने र ओलीलाई अहिल्यै हटाइहाल्नुपर्छ भनने । ओलीकहाँ जाने तिमीलाई हटाउन लागेका छन् मलाई प्रधानमन्त्री भन भन्ने । हाम्रा नेता पनि बहुमत पुर्याउन हो हो भन्ने । जब स्वार्थका अगाडि सत्य चुप लाग्छ परिणाम यस्तै आउछ ।’
झाँक्रीले वामदेव चुनाव हारेर आएको २ महिना नहुँदै प्रधानमन्त्री चाहियो भनेर बालहठमा लागेको आरोप लगाउँदै संविधान संशोधन, उपचुनाव जस्ता गलत प्रयास भएको बताइन् । गौतमले पछिल्लो पटक पनि ओलीसँग प्रचण्ड माधवका कुरा लगाएर बार्गेनिङ गरेको आरोप लगाइन् ।
उनले भनिन्–यता १९ पेज लामो चार्जसिट लेख्ने उता गएर यस्तो गर्दैछन् नि भनेर बार्गेनिङ गर्ने । ओली कमरेड उता पूरा तयारीका साथ लाग्ने यता हाम्रा कमरेडहरु बामदेव हुनुहून्छ भनेर ढुक्क ।
२०५४ सालमा वामदेवले पार्टी फुटाउन आफूहरु उनकै पछि लागेको स्मरण गर्दै २०५६ को चुनावमा सून्य सिट आएपछि हतार पतार एमालेमा फर्किदा आफूहरु पनि लुरुलुरु फर्किनुपरेको बताइन् । उनले तत्कालिन एमालेमा आफूहरुलाई दशैंका च्यांग्रा जस्तै कम्मर छानेर जिम्मेवारी दिने गरिएको स्मरण समेत गरिन् ।
प्रतिक्रिया