+
Search

ताजा अपडेट +

पपुलर +

सर्वाधिक पुरस्कार राशीको ब्याडमिन्टन प्रतियोगिता हुने

4KNationalDaily
२०७७ माघ २६, सोमबार ०७:४३ बजे

चितवन- सर्वाधिक पुरस्कार राशीको ‘योनेक्स सनराईज प्रथम मेयर कप’ खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको अन्तिम तयारी भएकाे छ ।

चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा माघको २८ गते देखि फागुन १ गतेसम्म मेयर कप राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिताकाे तयारी पूरा भएकाे हाे ।

प्रतियोगिताका लागि भरतपुर महानगरपालिका र बागमति प्रदेशको राष्ट्रिय खेलकुद परिषदले सहयोग गरेकाे आयोजकले बताएका छन् ।
प्रतियोगिता अहिलेसम्मको सबैभन्दा बढी पुरस्कार राशिसहित आयोजना हुन लागेको प्रतियोगिताका संयोजक सुवास श्रेष्ठले जानकारि दिए ।

पुरस्कार राशिमा मात्र १५ लाखभन्दा बढी खर्च हुनेछ भने प्रतियोगिताको कुल बजेट ६० लाख लाग्ने संघले जनाएकाे छ ।

प्रतियोगिताका लागि प्राविधिक तयारीको अनुगमनका निम्ति अन्तराष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्यालको नेतृत्वमा हुने छ। प्राविधिक टिमलगायत खेलाडीहरु भरतपुर कभर्डहलमा आउने करम जारि छ।

प्राविधिक टिमले कभर्डहलमा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता गर्नको निम्ति सबै प्राविधिक तयारी पूरा भएको समेत जिल्ला संघका अध्यक्ष भरत मललले बताए । मल्लले चितवन जिल्लामा नेपालकै सर्वाधिक राशिको ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न पाउँदा आफुलाई मात्र नभई चितवनकै खेलकुद जगतका लागि गर्वको विषय भएको बताए ।

यस्तै ब्याडमिन्टन संघका कोषाध्यक्ष राजेश श्रेष्ठले प्रतियोगिता आयोजनाका निम्ति आर्थिक तयारीका लागि समेत आफुहरु दिनरात खटिएकाे बताए।

प्रतियोगितमा पुरुष र महिला एकल, पुरुष डबल्स्, मिक्सड डबल्स्, १९ वर्षमुनिको पुरुष तथा महिला एकल र ४५ वर्षमाथिको भेट्रान्स् विधामा प्रतिस्पर्धा हुनेछन् ।

प्रतियोगिताको पुरुष र महिला एकलको विजेताले जनही १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने अन्य विधाको विजेताको पुरस्कार राशिको विषयमा छलफल भइरहेको अायाेजकले जनाएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily