गोरखा– शहिदलखन गाउँपालिकाले नौवटा ठेक्का रद्ध गरेको छ । आईतबार बसेको गाउँ कार्यपालिकाको बैठकले पुस ९ गते प्रकाशित नौवटा सार्वजनिक निर्माण कार्यको बोलपत्र रद्ध गर्ने निर्णय गरेको हाे।
‘सबै प्याकेजहरुमा सार्वजनिक खरिद ऐनको दफा २६ उपदफा ६ ले तोकेबमोजिम न्यूनतम बोलपत्र मात्र पेश भएको पाइएको र प्रशस्त प्रतिष्प्रर्धा हुन नपाएकाले ठेक्का रद्धको निर्णय भएको हो’ प्रमुख प्रशासकीय अधिकृत जीवन आलेमगरले भने ।
उनले ब्यवशायी सँग गाउँपालिकाको कुनै सेटिङ नभएको दावी गर्दै भने ‘सार्वजनीक खरिद ऐन अनुसार प्रक्रिया नपुगेर टेण्डर रद्ध भएको हो’ उनले भने ‘प्रर्याप्त प्रतिप्रर्धा हुन पाएन ।’ साथै उनले ब्यवशायीसँग लोभ, आश र प्रलोभनमा ठेक्का रद्ध नगरिएको भन्दै ब्यवाहारमा इभिडिङ गर्ने गरिएको तर गाउँ कार्यापालिकाले भने टेण्डर गर्ने मात्रै निर्णय गरेको बताए ।
यसअघि उक्त गाउँपालिकाले आह्वान गरेको २० लाख रुपैयाँभन्दा मुनिका पाँच र २० देखि ४३ लाख रुपैयाँसम्मका चार वटा ठेक्कामा मिलेमतो भएको समाचार गाेरखा सन्देशले ब्रेक गरेकाे थियाे ।
७ लाख सम्मका योजना समेत ई–पिजी गरि सुसान देखाएको गाउँपालिकाले अहिले ९ वटा योजनाको करिब २ करोड भन्दा बढिको ठेक्का आफ्ना कार्यकर्ता पोस्नका लागि हार्डकपीका रुपमा मागिएको स्रोतको दावी थियाे । स्रोत भन्छ–‘ठेक्का–पट्टामा गुन्डागर्दी मौलाएको भन्दै सरकारले विभिन्न प्रणाली अपनाएको भएपनि पालिकाले आफ्ना कार्यकर्ता पोस्नका लागि ई–जीपी छलेको हो ?’
प्रतिक्रिया