+
Search

ताजा अपडेट +

पपुलर +

कंगनाको दाबीः मै हुँ उत्कृष्ट कलाकार, मभन्दा राम्रो भए देखाइदेऊ

4KNationalDaily
२०७७ माघ २८, बुधबार ०८:३३ बजे

काठमाडौं- पछिल्लो समय निकै चर्चा साथै विवादमा परेकी भारतीय अभिनेत्री कंगना रणावतले फेरि एउटा विवादस्पद भनाइ राखेकी छिन्।

कंगनाले ट्विटरमा आफू पृथ्वीकै उत्कृष्ट कलाकार भएको दाबी गरेकी छिन्। यदी आफूभन्दा उत्कृष्ट महिला कलाकार कसैले यो हो भनेर देखाइदिए आफूले आफ्नो अहंकार त्याग्ने उनले चुनौती दिएकी छिन्।

कंगनाले आफैंले आफूलाई तीन पटकको ओस्कार विजेता अभिनेत्री मेरल स्ट्रिपसँग पनि तुलना गरेकी छिन्। आफूले एक्सन, ग्ल्यामोर जस्तोसुकै भूमिकामा पनि राम्रो कलाकारिता प्रस्तुत गर्नसक्ने उनको भनाइ छ।

सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउडमा व्याप्त नेपोटिजम्को बारेमा बोलेर चर्चा कमाएकी कंगनाले हाल राजनीतिक, आर्थिक सबै विषयमा भनाइ राख्दै आएकी छिन्।

जसका कारण उनी बेलाबेला विवादमा पर्ने गरेकी छिन्। उनले भारतमा जारी किसान आन्दोलनको विरोध गर्दै आन्दोलनमा सहभागीहरुलाई आतंकवादी भनेकी थिइन्।

उनले चर्चित अमेरिकी गायिका रिहानालाई यौनकर्मी नै भनेकी थिइन्। यस्तै उनले सन्जय दत्तलाई गँजेडीको संज्ञा दिएकी थिइन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily