+
Search

ताजा अपडेट +

पपुलर +

रामकुमारी भन्छिन्- राष्ट्रपतिविरुद्ध बोल्न पाइन्छ, महिला अस्मिताको प्रश्न कसरी आयो ?

4KNationalDaily
२०७७ माघ २८, बुधबार १४:५० बजे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले फेरि राष्ट्रपति विद्यादेवी भण्डारीमाथि प्रहार गरेकी छन् ।

पार्टीद्वारा राजधानीमा आयोजित विरोधसभामा भाषण गर्दै उनले राष्ट्रपतिमाथि बोल्दा महिला अस्मिताको प्रश्न नआउने बताइन् ।

झाँक्रीले भनिन्, ‘बोल्न पाइन्छ । नागरिकको मुखमा टेप टाँसिएको छैन । हामी बोल्न जन्मेका हौं । खड्ग प्रसाद ओली तानाशाह हुन् । उनको प्यादा बन्ने राष्ट्रपति माथि बोल्न पाइन्छ ।’

उनले थपिन्, ‘एउटा खलपात्रको विरुद्धमा बोल्दै गर्दा कसले भन्छ महिला अस्मिता मिचियो ? कुनै पदमा लिंग हुँदैन । मैले राष्ट्रपति संस्थाविरुद्ध होइन, व्यक्तिविरुद्ध बोलेको हुँ ।’

झाँक्रीले प्रचण्ड र माधव नेपाललाई आजकै सभाबाट ‘ओली प्रवृत्ति कहिल्यै नदोहोरिने सुनिश्‍चितताको घोषणा गर्नुहोस् ।’ भन्दै यो संघर्ष एउटा पात्रको विरोधमात्र नभएर लोकतन्त्र र संविधानको रक्षाका लागि भएको बताइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily