+
Search

ताजा अपडेट +

पपुलर +

बिहीबार १६.११ अंकले घट्यो नेप्से, रू. ८ अर्ब ४१ करोडको कारोबार

4KNationalDaily
२०७७ माघ २९, बिहीबार १५:५४ बजे

काठमाडौं- यो साता कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.११ अंकले घटेर २५२६.९२ अंकमा कायम भएको छ।

आज २०६ वटा कम्पनीको १ करोड ६० लाख ५८ हजार कित्ता सेयर ७२ हजार ७३७ पटक खरिद बिक्री हुँदा ८ अर्ब ४१ करोड १७ लाख ३२ हजार रूपैयाँ बराबरको कारोबार भएको छ।

बिहीबार बैंकिङ समूह १०.७९ र विकास बैंक समूह २०.१४ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको देखिएको छ।

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक २१४.३९ अंकले घटेको छ। व्यापार, होटल, जलविद्युत, वित्त र निर्जीवन समूहको उपसूचक क्रमशः ४०.५९, ४२.८५, २५.५८, १८.४६ र २०७.२२ अंकले घटेको छ।

त्यस्तै, उत्पादन समूह १०९.८५, लघुवित्त समूह १२८.०५ र अन्य समूह २२.०८ अंकले घटेको छ। आज सबैभन्दा धेरै डिप्रोस लघुवित्त वित्तीय संस्था लिमिटेडको ५६ करोड ६३ लाख २९ हजार रूपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको १० लाख ८ हजार कित्ता सेयर खरिद बिक्री भएको देखिएको छ।

सबैभन्दा धेरै कमाउनेमा चन्द्रागिरी हिल्स लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ५.०३ प्रतिशतका दरले कमाएको छन् भने सबैभन्दा धेरै गुमाउनेमा सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता १० प्रतिशतका दरले गुमाएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily