काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार रहेको बेलासम्म मुलुक थप अनिश्चितताको भूमरीमा फस्ने टिप्पणी गरेका छन्।
प्रचण्ड–माधव नेकपाकी नेतृ रामकुमारी झाँक्री गिरफ्तारलाई नेता कोइरालाले सर्वसत्तावाद र अधिनायकवादी चरित्र भएको बताएका छन्।
‘अलोकतान्त्रिक र असंवैधानिक कदमबिरुद्ध बोलेकै भरमा नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखाएको छ’, नेता कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्,‘यो सरकार जति दिन रहन्छ,देश त्यति नै अनिश्चितताको भूमरीमा फस्ने पक्का छ।’
प्रतिक्रिया