+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाकाे नौ किलोमा सवारी दुर्घटना : एकको मृत्यु, एक घाइते

4KNationalDaily
२०७७ माघ २९, बिहीबार १९:२४ बजे

गोरखा- आबुखैरेनी-गाेरखा सडकखण्ड अन्तर्गत गोरखा नगरपालिका–१२ स्थित नौ किलोमा बिहीबार भएको सवारी दुर्घटनामा एक जनाको मुत्यु भएकाे छ ।

दुर्घटनामा घाइते चितवन घर भइ काठमाडौंस्थित मनमैजु बस्ने ३१ वर्षीय केशव दवाडीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएकाे छ । टाउकोमा चोट लागेका उनको उपचारको क्रममा गोरखा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ख ४५२२ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ०२–०२२ प ६४२२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको उनले बताए ।

दुर्घटनामा मोटरसाइकल चालक सिरानचोक गाउँपालिका–८ का १७ वर्षीय विशाल पन्त र मोटरसाइलमा सवार दवाडी घाइते भएका थिए ।

मोटरसाइकल चालक पन्तको आबुखैरेनीस्थित छिम्केश्वरी सामान्य उपचार पश्चात थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily