+
Search

ताजा अपडेट +

पपुलर +

ओलीलाई प्रचण्डको सुझाव- संविधानलाई किच्न सकिन्छ भन्ने भ्रमबाट छिटो मुक्त हुँदा राम्रो

4KNationalDaily
२०७७ फाल्गुन १, शनिबार १६:२८ बजे

काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले, प्रधानमन्त्री केपी शर्मा ओली सहिदहरुको बलिदानबाट बनेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई किच्न सकिन्छ भन्ने भ्रममा रहेको बताएका छन् । प्रचण्डले यो भ्रमबाट छिटो मुक्त हुँदा राम्रो हुने पनि बताए ।

पार्टी कार्यालय पेरिसडाँडामा २६ औं जनयुद्ध दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो हेक्का राख्न जरुरी छ, इतिहासका ती महान सहिदहरु कहिल्यै मर्ने छैनन् । ती हजारौं सहिदहरु मरे भनेर प्रतिक्रियावादी सत्ताधारीहरुले यदि सोचेका छन् भने ती साह्रै ठूलो भ्रममा छन् । केपी ओलीहरुले ती हजारौ सहिदहरुले बगाएको रगतबाट बनेको संविधान र संघीय लोकतन्त्रलाई म किच्न सक्छु भन्ने ठानेका छन् भने उनी साह्रै ठूलो भ्रममा छन् । उनी छिटै भ्रम मुक्त हुँदा राम्रो हुन्छ भन्ने म सुझाव राख्न पनि चाहन्छु ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily