+
Search

ताजा अपडेट +

पपुलर +

बाबुरामको प्रश्न : ‘किन हेग जाने हामी, क्रान्ति गरे वापत कोही हेग गएको छ ?’

4KNationalDaily
२०७७ फाल्गुन १, शनिबार १८:५५ बजे

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संक्रमणकालीन न्यायका विषयमा साझा सहमति बनाउनुपर्ने बताएका छन् । सत्य निरुपण र वेपत्ता आयोग ब्लाकमेलिङ गर्ने साधन बन्न नहुने उनले बताए ।

शनिबार आफ्नो नयाँ पुस्तक ‘गुमनाम आमाहरू’ को लोकार्पण कार्यक्रममा भट्टराईले आयोग बनेपछि कतिपय मानिसहरुले हेग जानुपर्छ भन्ने थालेको सुनाए । उनले अघि भने, किन हेग जाने हामी ? यो महान क्रान्ति थियो, क्रान्ति गरे पावत कोही हेग गएको छ ?’

शान्ति सम्झौता र संविधानको अभिन्न अंग भएको भन्दै यसले खेलवाडको विषय बनाउन नहुने बताए ।

ओलीले नक्कली राष्ट्रवादको मुखौटो लगाएर सत्तामा पुगेको आरोप लगाउँदै उनले भने, ‘माओवादी जनयुद्धले धेरै उपलब्धि गरेको छ, संविधान लेख्नका लागि त्यसले महत्वपूर्ण भूमिका खेलेको छ। तर, ओली त्यसलाई मान्न तयार छैनन् ।’

उनले सहिद र बेपत्ता परिवारको विषयलाई टुंग्याउनुपर्ने उल्लेख गर्दै जनयुद्ध दिवसलाई साझा दिवसको रूपमा मनाउने वातावरण बनाउनका लागि आग्रहसमेत गरेका छन् ।

लामो समयसम्म लडेर प्राप्त उपलब्धि बचाउनतर्फ लाग्नुपर्ने भन्दै उनले ओलीको कदमविरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताए । प्रधानमन्त्री ओलीको कदमलाई उनले प्रतिगमन मात्रै नभएर प्रतिक्रान्ति भएको बताए ।

आफूहरुले माओवादी आन्दोलन नभई तत्कालीन माओवादी पार्टीमात्र छाडेको भन्दै उनले जनयुद्ध, मधेस आन्दोलन लगायतबारे साझा बुझाइ हुनुपर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily