+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्ड-नेपाल समूहको विरोधकाबीच निर्वाचन आचारसंहिता जारी गर्ने तयारीमा आयोग

4KNationalDaily
२०७७ फाल्गुन ४, मंगलवार ०८:५४ बजे

काठमाडौं- सरकारले आउँदो वैशाख १७ र २७ गते तय गरेको निर्वाचनका लागि आचारसंहिता जारी गर्ने तयारी निर्वाचन आयोगले अघि बढाएको छ।

आयोगले निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदा तयार गरिसकेको छ भने त्यसबारे राजनीतिक दलहरुबाट सुझाव लिने प्रक्रिया अघि बढाइएको प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

दुई चरणमा गर्ने तय गरिएको निर्वाचनका लागि निर्वाचन आचारसंहिता २०७७ मस्यौदाको विषयमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरुबाट सुझाव लिने क्रम आइतबारदेखि शुरु गरिएको छ।

नेकपाको विवाद नटुंग्याउँदै आचारसंहिता जारी गर्न लागेकोमा नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आपत्ति व्यक्त गर्दै  आएकाे छ।

आयोगले भने आचारसंहिता र नेकपाको आधिकारिकता विवाद सँगसँगै टुंगो लगाउने तयारी भइरहेको जनाएको छ । नेकपाको आधिकारिताको विवादले गर्दा आयोगले निर्वाचन प्रयोजनको लागि दल दर्ता कार्यक्रम अघि बढाउन सकेको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily